नगद २५ हजारसहित जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

दियोपोस्ट संवाददाता

पाल्पा । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पाल्पाको रैनादेबीछहारा गाउँपालिका–४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–४ छहरा बजार बस्ने ४२ वर्षीय अमृत भन्डारीसहित ५ जना रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २५ हजार ३ सय ९० रुपैयाँ र ३ बुक ताससहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस