
काठमाडौं । दाङमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपी उपमहानगरपालिका– ११ बाघखोलीका २८ वर्षीय सुनिल विक फरार रहेको जसपुर प्रहरी चौकीका इन्चार्ज वीरबहादुर भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार गत मङ्गलबार राति घरमा बाबुआमा नभएको समयमा ती युवकले बालिकालाई जबरजस्ती करणी गरेका थिए।
पीडित बालिकाको परिवार स्वास्थ्य चौकी गएर घटनाबारे बताएपछि मात्रै उक्त घटनाबारे बिहीबार थाहा भएको हुँदा आरोपित फरार भएको भण्डारीले बताए। प्रहरीका अनुसार पीडित बालिकाका बुबा रोजगारको सिलसिलामा घरबाहिर गएको र आमा आफन्तको घरमा गएको मौका छोपी बालिकामाथि बलात्कार भएको हो ।
हाल फरार आरोपीको प्रहरीले खोजीकार्य जारी भइरहेको र साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।