
रोल्पा । रोल्पामा गए राति परेको चट्याङमा एक वडासदस्यको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका–३ कुइपाधाराका बस्ने ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताए ।