टिपरको ठक्करबाट एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता

रामेछाप । रामेछापमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेबजारस्थित सडकमा ग.२ ख ०१८७ नम्बरको टिपरले बा.प्र.०२–०२१ प ०२२६ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका–८ बस्ने २८ वर्षीय मिलन खत्री रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिरी अस्पताल हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

सम्बन्धित खबर

सिफारिस