अवैध भरुवा बन्दुकसहित २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउबाट अवैध भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । सुर्खेतको बिरेन्द्रनगर नगरपालिक–१४ राम्चेमा अवैध भरुवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ४० वर्षीय गोविन्द दर्लामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्ने क्रममा उक्त भरुवा बन्दुकसहित शनिबार दिउँसो  पक्राउ गरेको हो।

यसैगरी कैलालीको कैलारी गाउँपालिका–६ खरुवाखेडामा भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग हुने ६६ पिस फलामको छर्रा, बारुत ४ डिब्बा र सिसाका टुक्राहरु १० पिससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ५२ वर्षीय नारायण प्रशाद चौधरी रहेका छन् । चौधरीको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त हतियासहित शनिबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस