‘वित्तीय दलालहरूलाई कारबाही गर’ भन्दै लघुवित्त पीडितद्वारा सिंहदरबार घेराउ

दियो पोस्ट  

काठमाडौँ । लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राख्दै विरोध जुलुससहित आइतबार दिउँसो सिंहदरबार घेराउ गरेको छ । माइतीघरबाट सयौंको जुलुससहित उनीहरू सिंहदरबारतर्फ अगाडि बढेका छन् ।

वित्तीय दलालहरूलाई कारबाही गर, सामूहिक ऋण मिनाहा गर, राष्ट्र बैंकको गभर्नर राजीनामा देऊ लगायत नाराबाजी गर्दै उनीहरूले अहिले प्रदर्शन गरिरहेका छन् । विभिन्न सहकारी तथा वित्तीय संस्थाहरूको ठगीमा परेका देशभरका पीडितहरूले आइतबार माइतीघर मण्डलाबाट जुलुससहित थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकाली पुगी कोणसभा गरेका थिए। त्यसपछि सिंहदरबार घेराउ गर्ने आफ्नो लक्ष्य रहेको प्रदर्शनकारीहरूले बताएका छन् ।

सात महिनादेखि उनीहरूले आन्दोलन गर्दै आए पनि सरकारले समस्या समाधान गर्न सकिरहेको छैन । यसबीचमा केही वित्तीय संस्थाका संचालकलाई पक्राउ गरे पनि बचतकर्ताको रकम फिर्ता भने हुन नसक्दा पीडितहरू आन्दोलित बनेका हुन् ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।