कांग्रेस केन्द्रीय समितिमा महेन्द्र यादवले भने– हाम्रो नेता खाणलाई राज्यले फसायो

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय सदस्य बालकृष्ण खाणलाई राज्यले फसाएको बताएका छन्। आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले खाँणलाई राज्यले फसाएको बताए ।

महेन्द्र यादवले भने, ‘हाम्रो आदरणीय नेता, नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ । अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ, ‘तर थप मुद्दा राजद्रोह पनि लगाइएको छ । ठगी मुद्दामा राजद्रोह लगाउने हो भने दिनमा १०/२० वटा राजद्रोहको मुद्दा लाग्छ ।’

‘उहाँको मुद्दा अन्तिम नभएसम्म केही नगरौं। उहाँ हाम्रो परिवारको साथी हो। उहाँले धेरै दुःख गर्नुभएको छ। सके सहयोग गरौं नसके दुःख नदिऔं,’ उनले भने, ‘मलाई विश्वास छ उहाँ निर्दोष भई आउनुहुनेछ।’

बैठकमा भुटानी शरणार्थी प्रकरणको चर्चा गर्ने क्रममा साउदले अनुसन्धानलाई पार्टीले पनि सघाउनु पर्ने बताएका थिए ।