सप्तरीमा ३५ वर्षीया महिला बलात्कृतः ३ जना पक्राउ, २ जना फरार

दियो पोस्ट  

सप्तरी । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् भने हाल २ जना फरार रहेका छन् । पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्री नारायण सदा रहेका छन् । उनीहरूसहित ५ जनाले सोही नगरपालिका–५ स्थित नर्सरीमा ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरूलाई प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो ।
साथै घटनमा संलग्न हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।