बैतडी । बैतडीमा पहिराले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२ भैरु टोलका बस्ने २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन जागरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पहिरोले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् । पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ ।
घाइते तीन जनाको स्थानीय र प्रहरीको सहयोगमा उद्वार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने तयारी गरिएको छ । स्थानीयहरुका अनुसार घरमा पूर्ण क्षति पुगेको छ ।

ट्रेन्डिङ खबर उपलब्ध छैन।