
सप्तरी । सप्तरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
आफ्नै श्रीमती ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महादेवा गाउँपालिका–२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङ रहेका छन् ।
उनीहरू बीच घरायसी वादविवादको कारण झैं–झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टालीले उनलाई आइतबार राति पक्राउ गरेको हो । उक्त घटनामा गम्भीर घाइते भएकी पार्वतीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार
भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।