काठमाडौं । विभिन्न ठाँउमा डुबेर ३ जनाको मृत्यु भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ लक्ष्मीपुरमा जंगा नदीको तलाउमा डुबेर एक जनाको मृृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने १५ वर्षीय प्रेम कुमार मण्डल रहेका छन् । तलाउमा नुहाउने क्रमामा डुबेर अशक्त भएका उनको उपचारको लागि सिटिजन अस्पताल रामगोपालपुरतर्फ लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो ।
यसैगरी मोरङको सुन्दरहरैंचा नगरपालिका–९ मुस्लिम टोलस्थित इनारमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–७ बस्ने २५ वर्षीय बौका कुमाल रहेका छन् । इनार सफा गर्ने क्रममा डुबेर अशक्त भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
साथै चितवनको कालिका नगरपालिका–८ न्यूरेनी ठाउँस्थित कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउबस्ने ४५ वर्षीया देवु आले मगर रहेका छन् । नुहाउने क्रममा कुलोमा डुबेर अशक्त भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।