बिलबिजक भन्दा बढि र फरक सामान बोकेको ४ वटा ट्रक नियन्त्रणमा

दियो पोस्ट  

काठमाडौं । बिलबिजक भन्दा बढि र फरक सामान बोकेको ४ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको बीरगंज महानगरपालिका–८ घण्टाघर ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले करिब १ करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँ बराबरको सामानसहित चारवटा ट्रक नियन्त्रणमा लिएको छ ।

बिलबिजक भन्दा बढि र फरक सामान बोकेको भन्ने विशेष सूचनाको आधारमा न.१३ गण पर्साले बीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ९४९१, ना ४ ख ८३३४, ना ३ ख १००९ र ना ३ ख ८०३९ नम्बरको ट्रकमा उल्लेखित मूल्य बराबरको सामानसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकमा औषधी, किराना तथा हार्डवयर र कम्प्युटरका पार्ट्स लगायतका सामानहरु रहेका छन् । सामानसहितका ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।