
पर्सा । पर्सामा चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पकाहाँमैनपुर गाउँपालिका ५ सबैठवा स्थित सीमा ईलाकाबाट करीव ५ के.जी. ७ सय ग्राम चरेशसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही जिल्लाको कालिकामाई गाउँपालिका–१ मुडुली बस्ने ४४ वर्षिय प्रेम पासवान रहेका छन् । नेपालबाट भारततर्फ जाँदै गरेकाे ना ३० प ४४४३ नम्बरको मोटरसाईकललाई जाँच गर्ने क्रममा उनले शरिरको विभिन्न भागहरुमा लुकाई छिपाई राखेको चरेशसहित सोमबार न.१३ गण पर्साले पक्राउ गरेकाे हो ।
पक्राउ परेका उनलाई बरामद चरेश तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।