
काठमाडौं । मेलम्ची नगरपालिकाले नगरपालिकाको आन्तरिक स्रोतबाट मोटेरेवल पुल निर्माण गर्ने भएको छ। मेलम्ची बजार नजिकै फट्टेमा बनेको पुल २०७८ असार १ को मेलम्ची खोलामा आएको बाढीले बगाएपछि सो स्थानमा पक्की पुल निर्माण गर्न लागिएको हो। नगरपालिकाको स्रोतबाट झन्डै १ सय ५० मिटर लामो मोटरेवल पुल निर्माणको लागि नगरपालिकाले काम सुरु गरेको छ ।
नगरपालिकाको गत आइतबार बसेको कार्यपालिका बैठकले नगरपालिकाको आन्तरिक स्रोतबाट मेलम्ची बजार देखी २ सय मिटर माथी रहेको फट्टे फाटमा पुल निर्माण गर्न लागेको हो । ७८असार १ मा आएको बाढीले पुल बगाएपछि उक्त भेगका स्थानीयले आवतजावतमा सहज पहुँच पाएका छैनन् ।
नगरपालिकाको माथिल्लो भेग, पाँचपोखरी थाङपाल गाउपालिका र हेलम्बु गाउपलिकासम्म जोड्न सकिने पुल बगेपछि स्थानीयले दुई बर्ष यता समस्य झेल्दै आइरहेका छन् ।
बाढी ग्रस्त क्षेत्रको अध्यन र अबलोकन भन्दै तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओली, शेरबहादुर देउवा,गृहमन्त्री बालकृष्ण खाण,बागमती प्रदेश सरकारको मुख्य मन्त्रीद्वय डोरमणि पौडेल, राजेन्द्र पान्डे, लगायत थुप्रै मन्त्री तथा जनप्रतिनिधि आए पनि सो क्षेत्रमा कुनै खालको सुधार हुन सकेन । अहिलेसम्म पनि केन्द्र र प्रदेशले स्थानीयलाई आश्वासन मात्रै दिदै आएकाे नगरपालिकाकाे गुनासाे छ । बाढी ग्रस्त क्षेत्रकाे अवलोकनपछि पुल पुलेसा र सडक निर्माण हुन नसकेकोमा नगरपालिकाले आफै पुनः निर्माणको कामलाई थालेको हो।
“हामीले केन्द्र र प्रदेश सरकारलाई दुई बर्षसम्म हारगुहार गर्दा पनि पक्की मोटेरेवल पुल निर्माणमा चासो नदिएपछि नगरपालिकाको आन्तरिक आयस्रोतबाट पुल निर्माण गर्न लागिएको बताए । उनले भने, “केही दिनमा प्राविधिक टोलीले पुल निर्माणको लागि डिपिआर तयार गरेर नगरपालिकालाई दिने छ। त्यसको लागि प्राबिधिक टोलि खटिसकेका छन्।” हामीलाई प्राविधिक टोलिले दिएको डिपिआर रिपोर्टपछि पुल निर्माणमा के कति बजेट आवश्यक पर्छ त्यसपछि मात्रै थाहा हुन्छ,” नगरपालिकाका मेयर आइतमान तामाङले भने,“अहिले २०/२२ करोडको अनुमान गरेका छौं।, नगरपालिकाले ठेक्का अवधि तीन बर्षका लागि हुन्छ । स्थानीयको जनगुनासोलाई छिटो सम्बोधन गर्न दुई बर्ष भित्र निर्माण सक्ने गरि काम हुन्छ ।”
सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्य अहिले मेलम्ची नगरपालिकाले आन्तरिक आयस्रोतबाट पुल निर्माण गर्न लागेको पहिलो पटक हो। अधिकाश स्थानीय तहमा केन्द्र र प्रदेश सरकारले पुल निर्माणको लागि बजेट बिनियोजन गर्दै आएकाे छ ।