
काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागू औषधसहित ६ जना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका–४ स्थित थकाली खानाघरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–६ बस्ने २५ वर्षीय रबि चौधरीसहित ३ जना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ म्याजिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१५ फारलाईन बस्ने २२ वर्षीय रबि बल रहेका छन् । अस्थायी प्रहरी पोस्ट हरियालीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित सोमबार साँझ पक्राउ गरेको हो ।
साथै कैलालीको टीकापुर नगरपालिका–२ राजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ९० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सियाराम चौधरी र सोही नगरपालिका–२ बिजयनगर बस्ने २१ वर्षीय सुरेश चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित सोमबार साँझ पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।