छुट्टाछुट्टै ठाँउबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–७ गौशला लाहुरेटोलमा आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा हाल सोही ठाँउ बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईसहित ५ जना रहेका छन् । विशेष सूचानाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ८२ हजार ६ सय ७० रुपैयाँ र १ बुक ताससहित सोमबार राति पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१० सेफ फुड गार्डेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरमा भोजपुर आमचौक गाउँपालिका बस्ने ३५ वर्षीय राजेन्द्र श्रेष्ठसहित ११ जना रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख ७ हजार ६ सय ४० रुपैयाँ र १ बुक ताससहित सोमबार राति पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस