सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजगढ गाँउपालिका–६ जगाई टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएका छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ३५ वर्षीय उमेश मण्डल रहेका छन् ।

उक्त ठाउँमा विद्युतीय मोटरबाट पानी तानि खेतमा लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।