३७ लाख भन्दा बढीको लत्ताकपडासहित मोटरसाईकल बरामद

दियोपोस्ट संवाददाता

कपिलवस्तु । कपिलवस्तुमा लत्ताकपडासहित मोटरसाईकल बरामद भएको छ । जिल्लाको बिजयनगर गाउँपालिका–१ जवाबैराठ ईलाकाबाट करिब ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल सशस्त्र प्रहरीले बरामद गरेको छ । सोही ठाउँको जंगल ईलाकामा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार वटा मोटरसाईकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले मंगलबार बरामद गरेको हो ।
बरामद लत्ताकपडा तथा मोटरसाईकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।

सम्बन्धित खबर

सिफारिस