
ईलाम । ईलाममा चोरीनिकासीको सुर्तीजन्य सामान बरामद भएको छ । जिल्लाकोको सुर्योदय नगरपालिका–२ चारमाईल स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले खुकुरी चुरोट १७ कार्टुन र शिखर चुरोट २ कार्टुन बरामद गरेको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदैै गरेको करिब ८ लाख ७५ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामान प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर ईलामले सोमबार बरामद गरेको हो । सामान लैजाँदै गरेका व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा सामान छाडी फरार भएका थिए ।
हाल फरार व्यक्तिहरुको प्रहरी खोजी गर्नुका साथै बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।