काठमाडौं । सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिरहा नगरपालिका–२ छोटकी टोलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर बस्ने २७ वर्षीया शोभा यादव रहेकी छिन् । मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।