बिलबिजक भन्दा बढी र फरक सामान बोकेको ट्रक नियन्त्रणमा

दियोपोस्ट संवाददाता

काठमाडौं । बिलबिजक भन्दा बढी र फरक सामान बोकेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको बीरगंज महानगरपालिका–८ घण्टाघर ईलाकाबाट सशस्त्र प्रहरीले करिब ३१ लाख ७३ हजार रुपैयाँ बराबरको सामान र ट्रक नियन्त्रणमा लिएको छ ।
बीरगंजबाट पथलैयाँतर्फ जाँदै गरेको ना ४ ख २६४१ नम्बरको ट्रकमा बिलबिजक भन्दा बढी र फरक सामान राखेर लैजाँदै गरेको अवस्थामा न.१३ गण पर्साले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएको ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

 

सम्बन्धित खबर

सिफारिस