
काठमाडौं । रौतहटमा चोरीपैठारीको समानसहित मोटरसाइकाल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका गौर नगरपालिका-२ स्थित भन्सार ईलाकाबाट करिब २ लाख ३ हजार ६ सय रुपैयाँ बराबरको सामानसहित मोटरसाईकल सशस्त्र प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । ना ३४ प १८६८ नम्वरको मोटरसाईलकमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको हार्डवेयर सामान र लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।
बरामद सामान तथा मोटरसाईकल गौर भन्सार कार्यालयमा बुझाईएको छ ।