चितवनमा बसको ठक्करबाट एक जनाको मृत्य

दियो पोस्ट  

चितवन । चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका–६ हर्दिस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख २५८७ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।