आफ्नै श्रीमानद्धारा श्रीमतीको हत्या

दियोपोस्ट संवाददाता

बारा । बारामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाह रहेका छन् । सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माईती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माईती घरमै आएर धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो । साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएकाले प्रहरीको निगरानीमा उनको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस