सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

सुनसरी । सुनसरीका करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको ईटहरी उपमहानगरपालिका–८ पूर्वि गैसारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ४० वर्षीय कुमार विक रहेका छन् । सोही ठाउँ बस्ने राज कुमार कार्कीको घरमा मार्बल लगाउने काम गरेर निस्कने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल हलगढामा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस