
मोरङ । मोरङमा एक जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बुढिगंगा गाउँपालिका–३ रमाइलो टोलमा एक जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने कृष्ण मगरको छोरा ३ वर्षीय कृष मगर रहेका छन् । सोही ठाउँस्थित पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको विराट टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।