
ललितपुर । ललिपुरमा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्लाको कोन्जोसोम गाउँपालिका–१ चौघरे मुलडोलबाट लोड गरी राखेको भरूवा बन्दुक १ थान प्रहरीले बरामद गरेको छ । सोही ठाँउ बस्ने अशोक थिङको घरमा अवैध भरूवा बन्दुक रहेको भन्ने सूचानाको आधारमा ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरी टोलीले थिङको घर चेक जाँच गर्ने क्रममा लोड गरी राखेको भरूवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद गरेको हो ।
हाल फरार थिङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।