काठमाडौं । दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रकिो मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका–१ देउखुरीको नर्तीमा गए राति पूर्वबाट पश्चिमतर्फ गइरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार सडकमा पैदल हिँडिरहेका चौधरीलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल चालक लमही नगरपालिका–२ बनकट्टा बस्ने सुरेश चौधरीलाई प्रहरीले बिहीबार बिहान मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।