काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभिन ५ सय ७६ ट्याब्लेट, निट्रोसन १ सय ट्याब्लेट र डाइलेक्स डिसी २ बोतलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१८ बस्ने ३१ वर्षीय दिवस लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ६५४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमुनी लुकाई ल्याएको उक्त लागूऔषधसहित बुधबार बिहान पक्राउ गरेको हो ।
यसैगरी सप्तरीको बोदेबर्साईन नगरपालिका–५ सत्रुध्न चौकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० पीससहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा खडक नगरपालिका–४ पन्सेरा बस्ने २२ वर्षीय राजु चौधरी र सोही ठाउँ बस्ने २४ वर्षीय मुकेश कुमार चौधरी रहेका छन् । प्र.२–०१–००२ प ९८५४ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित बुधबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।