
सर्लाही । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु भएको छ । जिल्लाको पर्सा गाउँपालिका–४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने हरि वीरेन्द्र पासवानकी छोरी ८ वर्षीया मनिशा कुमारी पासवान रहेकी छिन् । दुर्घटनाबाट गम्भीर घाइते भएकी उनको स्थानीय बौदीमाई पोली क्लिनिकमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
साथै सोही दुर्घटनामा घाइते भएकी एक जना ८ वर्षीया बालिकाको सोही क्लिनिकमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।