
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट बुधबार सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ ।
नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा देखिएको उल्लेखित मुल्यको एनटिसी र एनसिएलको रिचार्ज कार्ड सुरक्षा वेश कुसुमले बरामद गरेको हो ।
सुरक्षा वेश कुसुमले बरामद गरेको रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुर बुझाउनुका साथै यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।