
रोल्पा । रोल्पामा एक जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको त्रिवेणि गाउँपालिका–२ रामपुर बस्ने खिम बहादुर बिकको छोरा २ वर्षीय टोप बहादुर बिकको आफ्नै घरदेखि १० मिटर टाढा गाई भैसीलाई पानी खुवाउन बनाएको पोखरीमा डुबेर मृत्यु भएको छ ।
आमा निशानी बिक बारीमा मकै गोड्न गएको र घरमा कोही नभएको अवस्थामा उक्त पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्वास्थ्य चौकी होलेरी रोल्पामा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।