
काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । तनहुँको भानु नगरपालिका–१ चमेरेस्थित एक जना मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष रहेका छन् । सोही ठाउँस्थित मर्याङदी नदीको किनारमा उनको बुधबार लावारिस अवस्थामा शव फेला परेको हाे ।
यसैगरी तेह्रथुमको लालीगुरांस नगरपालिका–६ बरबोटेस्थित एक जना मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा सोही नगरपालिका–७ खन्तरे टोल बस्ने ४० वर्षीय श्याम बहादुर लिम्बु रहेका छन् । सोही ठाउँस्थित लम्बू खोलाको किनारमा उनको बुधबार लावारिस अवस्था शव फेला परेको हाे ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।