उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

दियोपोस्ट संवाददाता

उदयपुर । उदयपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका–१ मिलन टोल बस्ने २१ वर्षीय नितेश कार्की रहेका छन् । कार्कीले ती किशोरीलाई सोही ठाउँस्थित सामुदायिक जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार बेलुका पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस