भालुको पित्त जस्तो देखिने वस्तुसहित २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । काठमाडौंमा भालुको पित्त जस्तो देखिने वस्तुसहित २ जना पक्राउ परेका छन् । जिल्लाको काठमाडौं महानगरपालिका–२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट भालुको पित्त जस्तो देखिने वस्तु २ थानसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१० घर भई हाल बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने ३९ वर्षीय तेन्दोर्जी तामाङ र काभ्रेपलाञ्चोक नेताचोक घर भई बौद्ध बस्ने २९ वर्षीय नाम्गेल तामाङ रहेका छन् । उक्त सेकुवा कर्नरमा अवैध रूपमा भालुको पित्त जस्तो देखिने बस्तुको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद वस्तुसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसर काठमाडौंमा पठाइएको छ ।