जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंमा जबजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका–७ घर भएका २२ वर्षीय मोहन भण्डारी रहेका छन् । उनी जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात मितिदेखि फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा काठमाडौं बानेश्वरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी बुधबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस