
काठमाडौं । विभिन्न ठाँउबाट सवारी दुर्घटना हुँदा २ जनाको मृत्य भएको छ । काभ्रेको नमोबुद्द नगरपालिका–२ सेल्फिडाँडास्थित सडकमा बा.५९ प २७३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ बोहोरे बस्ने २७ वर्षीय सुमन कुमार श्रेष्ठ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो ।
यसैगरी भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले बा.९५ प ६४१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर अनियन्त्रित भई बा.४ ख ११७२ नम्बरको टिपरमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ इताछें बस्ने ३० वर्षीय सञ्जय पक्का रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिई हाल फरार मोटरसाइकलसहित चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।