
दैलेख । दैलेखमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दुल्लु नगरपालिका–११ खगितडा बस्ने ७५ वर्षीय जय बहादुर थापा रहेका छन् । सोही ठाउँस्थित लोहोरे खोला र छामघाट खोलाको दोभानमा नुहाउने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुप्रा र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले स्थानीयबासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा डुङगेश्वर गाउँपालिका–६ सिस्नेटारमा बुधबार दिउँसो उनको शव फेला परेको हाे ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।