
काठमाडौं । पोखरामा छाँगावरोहण (क्यानोनिङ) गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महानगरपालिका–२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारी रहेकी छिन् ।
बुधबार अपरान्ह माछापूछ्रे गाउँपालिका–९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते हुनुभएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।