भन्सार छलि ल्याएको स्याउसहित ट्रक नियन्त्रणमा

दियो पोस्ट  

सिरहा । सिरहामा भन्सार छलि ल्याएको  स्याउसहितकाे ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगर र झाँझपट्टीको सीमा ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले करिब ३० लाख ३६ हजार रुपैयाँ बराबरको स्याउसहित मिनिट्रक नियन्त्रणमा लिएको छ ।

नेपालबाट भारतततर्फ लैजाँदै गरेको स १ ख ६०० नम्बरको मिनिट्रकमा राखेर उल्लेखित मुल्य बराबरको १ सय ३४ कार्टुन स्याउसहितको ट्रक प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा, बिओपी नवराजपुर र सुरक्षा बेश सुखिपुरले नियन्त्रणमा लिएको हो । ट्रकका चालक भने सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथै ट्रक छाडी फरार भएका थिए ।
बरामद भएको स्याउसहितको ट्रक ठाडी भन्सार कार्यालय ठाडी सिरहामा बुझाईएको छ ।

सिफारिस