रुपन्देही । रुपनदेहीमा अवैध रुपले ल्याएको लत्ताकपडासहित अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको रोहीणी गाउँपालिका–१ सेमरपानी ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले करिब ४ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित अटो रिक्सा नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले लु १ ह ३५३९ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले नियन्त्रणमा लिएको हो । लत्ताकपडा ल्याउँदै गरेका व्यक्ति तथा अटो चालक भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै लत्ताकपडा र अटो रिक्सा छाडी फरार भएका थिए ।
बरामद भएको लत्ताकपडा तथा अटो रिक्सा भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको छ ।