पर्सा । पर्सामा साइकलसहित चोरीपैठारीको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । जिल्लाको बिरगंज महानगरपालिका–१६ स्थित भन्सार ईलाकाबाट सशस्त्र प्रहरीले करिब १ लाख ४२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ६ वटा साईकलमा राखेर ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स, लत्ताकपडा, मोवाईल पार्ट्स र डिजिटल घडी प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले बरामद गरेको हो ।
बरामद सामान तथा साईकल बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।