कञ्चनपुर । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । कञ्चनपुर भिमदत्त नगरपालिका–१८ क्याम्पस रोड ५ नम्बर गल्लीबाट वाइपासमा प्रयोग भएका सिप पिबीएक्स कनेक्सन, ल्यापटप २ थान, मोनिटर, लाइन केबल २ थान, मोबाइल सेट ३ थान, यूपिएस र ब्याट्री लगातयका विभिन्न उपकरणसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारत दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, कञ्नचपुर दोधार चाँदनी नगरपालिका–७ घर भएका ४० वर्षीय प्रविण खड्का र भिमदत्त नगरपालिका–१० जिमुवा महेनद्रनगर घर भएका ४७ वर्षीय दिपक सिंह बोहरा रहेका छन्।
सोही गल्लीस्थित घरमा विगत ४ महिनादेखि गैह्र–कानुनी रुपमा शंकास्पद गतिविधि भइरहेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई सोही घरको जाँच गर्ने क्रममा विभिन्न उपकरणसहित बुधबार पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर महेन्द्रनगरबाट थप अनुसन्धान एवं आवश्यक कारबाहीको प्रकृया अगाडि बढाइएको छ ।