धनुषा । स्रोत नखुलेको लाखौ नगदसहित एक जना पक्राउ परेका छन् । धनुषाको जनक नन्दनी गाउँपालिका–३ महुवा ढालाबाट स्रोत नखुलेको नगद ४ लाख ९९ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–६ कठाल बस्ने ३५ वर्षीय मिनेष कुमार यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले प्रदेश–२–०२–००१ प २०२३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगदससहित बिहीबार दिउँसो फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।