सुन जस्तो देखिने पहेँलो धातुसहित भारतीय नागरिक पक्राउ

दियो पोस्ट  

काठमाडौं । सुन जस्तो देखिने पहेँलो धातुसहित भारतीय नागरिक पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका–९ अन्तर्राष्ट्रिय विमास्थलबाट अवैध रुपमा भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेट १ थानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय इमरान सिराज रहेका छन् । हिमालय एयरलाईन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका उनलाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा लुकाई छिपाई लैजान लागेको  उक्त ब्रासलेटसहित बिहीबार दिउँसो  पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।