अवैध लागूऔषधसहित एक जना पक्राउ

दियो पोस्ट  

सुर्खेत । सुर्खेतबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको विरेन्द्रनगर नगरपालिका–३ जुम्ला रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ २ सय १० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बराहाताल गाउँपालिका–२ बस्ने ३१ वर्षीय लिल बहादुर सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित बिहीबार बिहान पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।