१४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

दाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय बिनोद वली रहेका छन् । वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।