सुर्खेतमा २ नाल भरूवा बन्दुक बरामद

दियो पोस्ट  

सुर्खेत । सुर्खेतमा २ नाल भरुवा बन्दुक बरामद भएको छ । जिल्लाको बीरेन्द्रनगर नगरपालिका–४ गोठीकाँडास्थित भैरम सामुदायिक वनको ओढारमुनिबाट वेवारिसे अवस्थामा २ नाल भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यायल सुर्खेत र अस्थायी प्रहरी पोष्ट सहीदपार्कबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक बिहीबार दिउँसो बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।