मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दियो पोस्ट  

तेह्रथुम । मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाडास्थित सडकमा बा.६८ प ५८३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ ह्वाकु बस्ने २२ वर्षीय नबिन थिङलावु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि फिदिम अस्पताल पाँचथरतर्फ लैजाने क्रममा बिहीबार दिउँसो बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि धरान अस्पताल रिफर गरिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।