लमजुङमा करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

लमजुङ । लमजुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मर्स्याङदी गाउँपालिका–६ दिङदिङ बस्ने ७३ वर्षीय लक्ष्मण अधिकारी रहेका छन् । आफ्नै घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई लागेको आगो निभाउने क्रममा अचानक बिद्युतको तारमा छोइएर करेन्ट लाग्दा  शुक्रबार बिहान  उनको घटनास्थलमै मृत्यु भएको हो । सोही घटनामा आगोले पोलेर सामान्य घाइते भएका १ जनाको स्वास्थ्य चौकी बाहुनडाँडामा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।